Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर ३१०८ जनामा संक्रमण, १५९५ जना संक्रमणमुक्त, २५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षण गर्दा २ हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्