Logo
|
Friday 26th April 2024
Logo

epaper

बारबरा फाउन्डेसनद्धारा ७ संस्था र ८० स्वास्थ्यकर्मीलाई कोभिड–१९ विशिष्ट सम्मान

उपचार व्यवस्थापनमा नमूना संस्था बन्न सफल निजी स्टार र ह्याम्स हस्पिटल पनि सम्मानित



पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना महामारीको अग्रपंक्तिमा रहेर बिरामीहरुको उपचारमा अहोरात्र खटिएका अस्पताल व्यवस्थापक एवं मेट्रोन, मेडिकल सपोर्ट, स्वास्थ्य सहयोगी कर्मचारीहरुसहित ८० जना र ७ वटा स्वास्थ्य संस्थाले कोभिड –१९ विशिष्ट सम्मान प्राप्त गरेका छन् । जसमा दुई निजी अस्पताल/व्यवस्थापक परेका छन् ।

निजी तर्फ सुरुदेखि नै कोरोनाको पिसिआर परीक्षण गर्न अनुमति पाएको र पहिलो लहरदेखि नै संक्रमितको उपचार व्यवस्थापनमा सक्रियतापूर्वक काम गरी नमूना संस्था बन्न सफल स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेती र ह्याम्स हस्पिटलका कन्सल्यान्ट डा. अनुप सुवेदीलाई सम्मान प्रदान गरिएको छ ।

नेपालको सामाजिक–सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै बिभिन्न अवसरमा समसामयिक टक–सो, अन्तरक्रिया, खोजी पत्रकारिता पुरस्कार तथा अप्ठ्यारोमा परेका जनसाधारणका लागि राहत वितरण सम्बन्धी कार्यहरु गर्दै आएको बारबरा फाउन्डेशनले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचारमा राज्यतहको कमजोर पुर्वाधार, अपर्याप्त सहयोग र सिमित स्रोत–साधनका माझ अग्रपंक्तिमा उभिएर सेवाकारी काममा खटिनुहुने सत्पात्र एवं संस्थालाई पूर्व राष्ट्रपति रामवरण यादवद्धारा बिशिष्ट सम्मान प्रदान गरेको हो ।


फाउन्डेसनका सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहिृद घिमिरे र उहाँकी सुपुत्री अदिती घिमिरेद्वारा फाउन्डेसनलाई उपलब्ध गराएको १ करोड रुपियाँ पुरस्कारको राशीबाट कोरोना महामारीको उपचारमा खटिएका संस्था र स्वास्थ्यकर्मीलाई २०७८ साउन १६ गते शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सुरक्षा–सतर्कता तथा स्वास्थ्य मापदण्डसहितको बिशेष समारोहमा बारबरा फाउण्डेसनले कोभिड–१९ बिशिष्ट सम्मान प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष प्रा.डा. सन्दुक रुइतले बताउनुभयो ।


फाउन्डेशनले कोभिड महामारी बिरुद्धको लडाईमा अग्रणी भूमिका निर्वाह गर्ने संस्थालाई कठीन समयमा समेत उत्कृष्ट योगदान पुर्याएबापत संस्थागत विधातर्पm भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्थालाई सम्मान गरेको छ ।

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (संस्थागत विधा)
१ श्री भरतपुर अस्पताल भरतपुर, चितवन श्री डा. रोसन न्यौपानेज्यू, प्रमुख मेडिकल सुपरीटेन्डेन्टेन
२ श्री पाटन अस्पताल लगनखेल, ललितपुर श्री डा. रबि शाक्यज्यू, निर्देशक
३ श्री नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौँ श्री डा. आशा सिंहज्यू, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक र मेडिकल डाइरेक्टर
४ श्री नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौँ श्री डा. रुपक महर्जनज्यू, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र अस्पताल प्रमुख
५ श्री नेपाली सेना मृत शरीर व्यवस्थापन समुह काठमाडौँ श्री
६ श्री हामी नेपाल काठमाडौँ श्री सुदन गुरुङ्गज्यू, अध्यक्ष
७ श्री नेपाल एम्बुलेन्स सेवा काठमाडौँ श्री प्रदिप वैद्यज्यू, उपाध्यक्ष

यसैगरी कोभिड सिर्जित महासंकटका बेला अग्रपंक्तिमा खटिएर आफ्नो नियमित जिम्मेवारीभन्दा पनि माथि उठी उत्कृष्ट योगदान गर्ने २० चिकित्सकले बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (चिकित्सक विधा) प्राप्त गर्नुभएको छ । उहाँहरुलाई जनहीनगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको छ ।


बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (चिकित्सक विधा)
१ श्री डा. मनिष सुवेदीज्यू प्रमुख कन्सल्ट्यान्ट फिजिसियन, मेची प्रादेशिक अस्पताल
२ श्री डा. रुपेश कुमार गामीज्यू कोशी अस्पताल, विराटनगर, मोरङ
३ श्री डा. ज्ञानेन्द्र मल्लज्यू वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४ श्री डा. निरज कुमार सिंहज्यू नारायणी अस्पताल, वीरगञ्ज, पर्सा
५ श्री डा. गुरु शरण साहज्यू वी. पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
६ श्री डा. नन्दु पाठकज्यू लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देही
७ श्री डा. कालेब कुमार बुढाज्यू चौरजहारी अस्पताल, रुकुम
८ श्री डा. निकिता चौधरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर, बाँके
९ श्री डा. राजन पाण्डेज्यू भेरी अस्पताल, नेपालगञ्ज, बाँके
१० श्री डा. चन्द्रेश कुमार सिंहज्यू कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत
११ श्री डा. निराजन दत्त शर्माज्यू सेती प्रादेशिक अस्पताल, धनगढी
१२ श्री डा. आशिष श्रेष्ठज्यू पाटन अस्पताल, लगनखेल, ललितपुर
१३ श्री डा. कुन्दु श्रेष्ठज्यू नेपाल एपीएफ अस्पताल, बलम्बु, काठमाडौँ
१४ श्री डा. रोशन कुमार झाज्यू नेपाल एपीएफ अस्पताल, बलम्बु, काठमाडौँ
१५ श्री डा. मनोज यादवज्यू नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाडौँ
१६ श्री डा. सबिन थपलियाज्यू त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँ
१७ श्री डा. कुन्जाङ शेर्पाज्यू श्हिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौँ
१८ श्री डा. पुजन बल्लज्यू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँ
१९ श्री डा. अशेष ढुङ्गानाज्यू वीर अस्पताल, काठमाडौँ
२० श्री डा. राजु पङ्गेनीज्यू ह्याम्स अस्पताल, धुम्बाराही, काठमाडौँ


यसैगरी कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही आफ्नो सधैंको जिम्मेवारीभन्दा पनि माथि उठी उत्कृष्ट योगदान गर्ने २७ स्टाफ नर्सहरुले बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (नर्सिङ बिधा) सम्मान प्राप्त गर्नुभएको छ । उहाँहरुलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ ।

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (नर्सिङ बिधा)
१ श्री सपना तामाङ्गज्यू स्टाफ नर्स, मेची प्रादेशिक अस्पताल
२ श्री सीता फुयालज्यू स्टाफ नर्स, कोशी अस्पताल, विराटनगर
३ श्री ममता श्रेष्ठज्यू स्टाफ नर्स, कोशी अस्पताल, विराटनगर
४ श्री मन्जु देउलाज्यू स्टाफ नर्स, वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
५ श्री सुस्मिता देवज्यू स्टाफ नर्स, गजेन्द्र नारायण मेमोरियल अस्पताल, राजविराज
६ श्री शान्तिमाया लिम्बुज्यू स्टाफ नर्स, जनकपुर प्रादेशिक अस्पताल, धनुषा
७ श्री पुष्पा कुमारीज्यू स्टाफ नर्स, जनकपुर प्रादेशिक अस्पताल, धनुषा
८ श्री सुभद्रा चौधरीज्यू स्टाफ नर्स, नारायणी प्रादेशिक अस्पताल, पर्सा
९ श्री बन्दना चौधरीज्यू स्टाफ नर्स, भरतपुर क्यन्सार अस्पताल, चितवन
१ं० श्री चिना गाहाज्यू स्टाफ नर्स, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
११ श्री आरती बुरापृथीज्यू स्टाफ नर्स, युसिएमएस, बुटवल
१२ श्री मधु गुरुङ्गज्यू स्टाफ नर्स, भेरी अस्पताल, बाँके
१३ श्री एलिना बिकज्यू स्टाफ नर्स, भेरी अस्पताल, बाँके
१४ श्री अनु बिकज्यू स्टाफ नर्स, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, बाँके
१५ श्री फुलमाया बिकज्यू स्टाफ नर्स, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
१६ श्री कल्पना बिष्टज्यू स्टाफ नर्स, सेती प्रादेशिक अस्पताल, धनगढी
१७ श्री अस्मिता शिल्पकारज्यू स्टाफ नर्स, भक्तपुर अस्पताल
१८ श्री भवानी कटुवालज्यू स्टाफ नर्स, पाटन अस्पताल, ललितपुर
१९ श्री हुमा पौडेलज्यू स्टाफ नर्स, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२० श्री बबिता चित्रकारज्यू स्टाफ नर्स, वीर अस्पताल, काठमाडौँ
२१ श्री अबोद कुमार साहज्यू स्टाफ नर्र्स, त्रि. वि. शिक्षण अस्पताल, काठमाडौँ
२२ श्री पवित्रा न्यौपानेज्यू स्टाफ नर्स, त्रि. वि. शिक्षण अस्पताल, काठमाडौँ
२३ श्री बसन्ता शर्माज्यू स्टाफ नर्स, शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौँ
२४ श्री बिनिता ताम्राकारज्यू स्टाफ नर्स, शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौँ
२५ श्री माया अधिकारीज्यू स्टाफ नर्स, सिभिल अस्पताल, काठमाडौँ
२६ श्री रोजिना महर्जनज्यू स्टाफ नर्स, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
२७ श्री सुमी डंगोल नेपालज्यू स्टाफ नर्स, नेपाल मेडिकल कलेज

यसैगरी कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही आफ्नो नियमित जिम्मेवारीभन्दा पनि माथि उठी अस्पताल/स्वास्थ्य संस्थाको व्यवस्थापन तथा कोभिड–१९ सँग सम्बन्धित जनस्वास्थ्यका विषयमा नीतिनियम तर्जुमा गर्नमा उत्कृष्ट योगदान गर्ने १९ व्यवस्थापकहरुले बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (व्यवस्थापन÷सार्वजनिक नीति बिधा) प्राप्त गर्नुभएको छ । सो विधातर्फ तीनजनाले सम्मानसँगै २ लाख ५० हजार रुपैयाँ नगद पनि प्राप्त गर्नुभएको छ । कोरोना महामारीमा कुशल व्यवस्थापन गरेको मूल्यांकन गर्दै बारबरा फाउन्डेशनले १४ अस्पतालका व्यक्ति र ५ संस्थाका मेट्रोन गरी १९ जनालाई विशिष्ट सम्मान गरेको छ । जसमा दुई निजी अस्पताल/व्यवस्थापक परेका छन् ।

निजी तर्फ सुरुदेखि नै कोरोनाको पिसिआर परीक्षण गर्न अनुमति पाएको र पहिलो लहरदेखि नै संक्रमितको उपचार व्यवस्थापनमा सक्रियतापूर्वक काम गरी नमूना संस्था बन्न सफल स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेती र ह्याम्स हस्पिटलका कन्सल्यान्ट डा. अनुप सुवेदीलाई सम्मान प्रदान गरिएको छ ।

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (व्यवस्थापन/सार्वजनिक नीति बिधा)
१ श्री डा. शिवजी पौडेलज्यू कन्सल्ट्यान्ट, वी पी कोइराला क्यान्सर अस्पताल, भरतपुर
२ श्री डा. प्रकाश बहादुर थापाज्यू मेडिकल सुपरीटेन्डेन्टेन, भेरी अस्पताल, बाँके
३ श्री डा. मंगल रावलज्यू उप–कुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
४ श्री डा. गुणराज अवस्थीज्यू निर्देशक, प्रदेश स्वास्थ्य निर्देशनालय, सुदुरपश्चिम
५ श्री डा. अर्चना श्रेष्ठज्यू धुलिखेल अस्पताल
६ श्री डा. बिराज कर्माचार्यज्यू धुलिखेल अस्पताल
७ श्री डा. सुमित्रा गौतमज्यू मेडिकल सुपरीटेन्डेन्ट, भक्तपुर अस्पताल
८ श्री डा. जनक कोइरालाज्यू प्राध्यापक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
९ श्री डा. रबि शाक्यज्यू निर्देशक, पाटन अस्पताल, ललितपुर
१० श्री डा. शैल रुपाखेतीज्यू निर्देशक, स्टार अस्पताल, ललितपुर
११ श्री सहायक रथी डा. अरुण न्यौपानेज्यू कन्सल्ट्यान्ट, कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र
१२ श्री उपरीक्षक डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठज्यू कन्सल्ट्यान्ट, कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र÷नेपाल एपीएफ अस्पताल
१३ श्री डा. सुशिल बरालज्यू कार्यकारी निर्देशक, हर्ड इन्टरनेशनल
१४ श्री डा. अनुप सुवेदीज्यू कन्सल्ट्यान्ट, ह्याम्स अस्पताल, धुम्बाराही

१ श्री मीना थापाज्यू म्याट्रोन, चरक मेमोरियल अस्पताल
२ श्री शिला शर्माज्यू नर्सिङ्ग अधिकृत, भेरी अस्पताल
३ श्री सिमा शर्माज्यू कोभिड इन्चार्ज, सेती अस्पताल
४ श्री लक्ष्मी अधिकारीज्यू म्याट्रोन, नेपाल एपीएफ अस्पताल
५ श्री बेली पौडेलज्यू कोभिड इन्चार्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

साथै कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही आफ्नो नियमित जिम्मेवारीभन्दा पनि माथि उठी स्वास्थ्यका अन्य क्षेत्रहरु जस्तै ल्याव एवं प्यारा–मेडिकल क्षेत्रमा उत्कृष्ट योगदान गर्ने ९ जना मेडिकल सपोर्ट कर्मचारीहरुलाई बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान सम्मान प्रदान गरिएको छ । उहाँहरुलाई जनही १ लाख रुपियाँले सम्मान गरिएको छ ।

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (मेडिकल सपोर्ट)
१ श्री प्रकाश कार्कीज्यू पिसिआर ल्याब टेक्निसियन, कोशी अस्पताल, बिराटनगर
२ श्री चुरामणि शर्माज्यू पिसिआर स्वाब संकलन, श्री नं २२ फि ए गुल्म, बुटवल गोलपार्क
३ श्री लालबहादुर रोकाज्यू हेल्थ असिस्टेन्ट, कोवाङ स्वास्थ्य चौकी, मुस्ताङ
४ श्री प्रसिद्ध ढकालज्यू पिसिआर ल्याब टेक्निसियन, भेरी अस्पताल, बाँके
५ श्री निरख शाहीज्यू हेल्थ असिस्टेन्ट, कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत
६ श्री मानबहादुर बुढाज्यू पिसिआर ल्याब इन्चार्ज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
७ श्री नन्दबहादुर खत्रीज्यू अहेव, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
८ श्री श्रीजेश पराजुलीज्यू प्यारामेडिक, धुलिखेल अस्पताल
९ श्री उन्नती कंडेलज्यू ल्याब टेक्निसियन, शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौँ

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान (स्वास्थ्य सहयोगी कर्मचारी)
१ श्री कृष्ण खालिङ्ग राईज्यू स्वास्थ्य सहयोगी कर्मचारी, कोशी अस्पताल, बिराटनगर
२ श्री ज्योति बिकज्यू स्वास्थ्य सहयोगी कर्मचारी, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुर
३ श्री बिशाल सुनारज्यू स्वास्थ्य सहयोगी कर्मचारी, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
४ श्री अशोक कुमार चमारज्यू स्वास्थ्य सहयोगी कर्मचारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
५ श्री कबिता डिसीज्यू स्वास्थ्य सहयोगी कर्मचारी, भेरी अस्पताल, बाँके

बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मानका लागि निर्णायक समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई, काठमाडौं विश्वविद्यालय तथा पूर्व–अध्यक्ष, नेपाल नर्सिङ्ग काउन्सिलका एसोसियट प्रोफेसर दयालक्ष्मी वैद्य एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक इ. कुलमान घिसिङ्ग रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्