Logo
|
Thursday 18th April 2024
Logo

epaper

साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । यही साउन २२ गते (शुक्रबार) देखि देशभर कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले पर्सिदेखि दोस्रो डोज पाउने स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो । यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइटमा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ । मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्