Logo
|
Friday 26th April 2024
Logo

epaper

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा सर्जन डा. सन्दिप गुलेरिया नेतृत्वको चिकित्सक टोलीले बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो।

खनालको निजी सचिवालयले सामाजिक सञ्जालमार्फत मिर्गौला प्रत्यारोपण सफल भएको जानकारी दिएको छ।

सफल प्रत्यारोपणपछि खनाल अस्पतालमै केहीदिन आराममा रहने सचिवालयले जनाएको छ । उहाँको अवस्था सामान्य भएपछि नेपाल फर्किने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्