Logo
|
Thursday 25th April 2024
Logo

epaper

एकैदिन ४,१०७ कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । त्यस्तै १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्