Logo
|
Friday 26th April 2024
Logo

epaper

अस्पतालको हेलिकप्टर इमर्जेन्सी मेडिकल सेवाको दुई वर्षे यात्रामा ४ सय क्रिटिकल बिरामीको उद्धार

ह्याम्सका अध्यक्ष भण्डारीले यसरी बचाए आफ्नो बुबालाई



पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । केही दिन अघिमात्र ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस.भण्डारीका बुबालाई सिन्धुपाल्चोकमा हार्ट अट्याक भयो । उहाँलाई तत्काल हेलिकप्टरबाट हस्पिटलको हेलिप्याडमा अवतरण गराएर तुरुन्त सर्जरी गरियो र उहाँको जीवन बच्यो ।

त्यो समयमा उहाँलाई एअरपोर्ट टू हस्पिटल गर्दा समय लाग्नसक्थ्यो । यद्यपी इमर्जेन्सी र सर्ट टाइमका क्रिटिकल बिरामीहरुका लागि हस्पिटलमा हेलिप्याडको सुविधा निकै महत्वपूर्ण मानिन्छ । यसरी अस्पतालले इमर्जेन्सी परेका धेरै व्यक्तिलाई हेलिको सुविधामार्फत उद्धार गरिरहेको छ ।


काठमाडौंको धुम्बराहीचोकस्थित अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न ह्याम्स हस्पिटलले हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिसमार्फत मुलुकका विभिन्न स्थानबाट करिब ४ सय क्रिटिकल अवस्थामा पुगेका बिरामीहरुलाई यसरी नै अस्पतालको आफ्नै रुफटप हेलिप्याडमा अवतरण गराएर आकस्मिक सेवा उपलब्ध गराउन सफल भएको छ । यस दौरानमा अधिकांशले नयाँ जीवन प्राप्त गर्न सफल भएका छन् ।


अस्पतालले शुरु गरेको हेलिकप्टर इमर्जेन्सी मेडिकल सेवा दुई वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले केक काटेर खुशी साटासाट गर्नुभएको छ । सो अवसरमा क्रिटिकल बिरामी बोकेर मनाङ एयरको हेलिकप्टर पनि हस्पिटलको रुफ टप हेलिप्याडमा अवतरण भएको थियो ।


नेपालमा प्री—हस्पिटल केयरको कन्सेप्ट छैन । प्री—हस्पिटल केयरको कन्सेप्ट र डिपार्टमेन्ट भएको हस्पिटल ह्याम्स पनि हो । दोस्रो विश्वयुद्धताका ट्रमाका बिरामीलाई घटनास्थलबाट उठाउन हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस विकास गरिएको थियो । हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस अहिले मुलुकमा धेरै लोकप्रीय हुँदै आएको छ । अस्पतालका अस्पतालका इमजेन्सी डिपार्टमेन्टका इन्चार्ज डा. निशान्त ढकाल निकै सिकिस्त अवस्थामा पुगेका बिरामीहरुलाई अस्पतालले सुरक्षित अवस्थामा ल्याएर उपचार सेवा दिइरहेको बताउनुहुन्छ

नेपालमा सन् २०१३ भन्दा अगाडि सम्म भेन्टिलेटरबाट बिरामी उचित तरिकाले ट्रान्सफर गर्न र हेलिकप्टरलाई आई.सी.यू.मा कस्टोमाइज गर्न सकिन्छ भन्ने कन्सेप्ट थिएन । नेपालका केही अस्पतालहरुमा हेलिकप्टरको प्याड ग्राउण्ड भएपनि रुफ टप हेलिप्याड थिएन । सन् २०१२—२०१३ तिर अस्पतालको छतमा हेलिप्याड बनाउने पहिलो बयोधा, दोस्रो ग्रान्डी, तेस्रो मेडिसिटी, चौथो झापाको बिएनसी र पाँचौँ ह्याम्स हस्पिटल नै हो । पछिल्लो समयमा निर्माण हुन लागेका अधिकांश हस्पिटलहरुले छतमा हेलिप्याड बनाउन थालेका छन् ।


सन् २०१३ भन्दा पहिला कुनै ठाउँमा दुर्घटना भएर हेलिकप्टर मगाएमा काठमाडौँ एयरपोर्टभित्र अवतरण गरेर अन्यत्र लैजाने गरिन्थ्यो । तर अहिले देशको कुनै पनि भागमा जटिल केस भएमा हेलि उद्धार गर्ने अभियान शुरु भएको छ । यसबाट आई.सी.यू.का बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर गर्न सजिलो भएको ह्याम्स एवं मनाङ एयरका बजार निर्देशक निशान श्रेष्ठले बताउनुभयो ।

नेपालमा डेडिकेटेड हेलिकप्टर एम्बुलेन्स छैन । त्यसैले बिरामीको अवस्थाका आधारमा एअरपोर्टबाट मगाइएको हेलिकप्टर सिट निकालेर वा फोल्ड गरेर खाली गरेर ल्याइन्छ । त्यसमा १० मिनेटभित्र इमर्जेन्सी उद्धारका प्राविधिहरुले भेन्टिलेटर, अक्सिजन स्टैण्ड, मनिटर, बिरामी बोक्ने व्याग ,औषधि दिने यन्त्र, मेडिसिन बक्स र बिरामीलाई सुताउने पोसिजसनको तत्काल व्यवस्थापन गरिसकेका हुन्छन् । अहिले यो निकै विस्तारित गतिमा बढिरहेको छ ।


ह्याम्स हस्पिटलका प्री हस्पिटल केयरका प्यारामेडिक्स इन्चार्ज सरोज चौधरी फिल्डमा पुगेर हेलिकप्टरबाट क्रिटिकल अवस्थाका बिरामीलाई ल्याउन निकै सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ । यसमा दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ । चौधरी फिल्डमा कोभिड बिरामीहरुलाई इन्कुभेसनसमेत गरेर ल्याएको अनुभसमेत सुनाउनुहुन्छ । क्रिटिकल अवस्थाका बिरामीहरुलाई अक्सिजन मोनिटरिङदेखि श्वासप्रश्वास, मुटुको चाल, रक्तचाप सबै ख्याल गरेर ल्याउनुपर्छ ।


अहिले नेशनल भन्दा पनि इन्टरनेशनल रिकग्निसन धेरै भएको छ । नेपालमा भएको यो युनिक सिस्टम हो । वरिपरिका देशमा यस प्रकारको सिस्टम छैन । कि उनीहरुसँग हेलिकप्टर एम्बुलेन्स नै हुन्छ तर कल गरेर हेलिकप्टर नै खाली गरेर ल्याउने र आई.सी.यू.मा कस्टोमाइज गर्ने भन्ने प्रचलन छैन । भारतको पोन्डिचरीमा एक दुई वटा हेलिएम्बुलेन्स छ । त्यसमा डाक्टर सँधै बसिरहेका हुन्छन् । उनीहरुको अगुवाइमा बिरामीको उद्धार हुने गर्छ ।


विकासको क्रममा आजभोलि हाइवेमा नै हेलिकप्टर अवतरण गरेर तुरुन्त उपचार गर्नेदेखि देशको अति विकट स्थानसम्म पुगेर बिरामी ट्रान्सफर हुने गरेका छन् । तर पनि अधिकांश केयर भने आई.सी.यू.बाट आई आई.सी.यू. ट्रान्सफर नै छ ।

क्रिटिकल बिरामीलाई स्पेशलाईज्ड हस्पिटलको इमर्जेन्सी कक्षसम्म सुरक्षित तवरले स्थिर अवस्थामा ल्याइपु¥याउन अघि बाटोमा गरिने उपचारलाई प्री—हस्पिटल केयर भनिन्छ । क्रिटिकल बिरामीलाई अवस्था अनुसार डाक्टर एवं पारामेडिक्सहरुले प्राइमरी उपचार गरेर वा उपचार गर्दै थप उपचारका लागि सम्बन्धित विशेषज्ञ हस्पिटलको कोठासम्म पु¥याउनुपर्छ । यसलाई इमर्जेन्सी मेडिकल सर्भिस (इएमएस) पनि भनिन्छ । देशका सबै हस्पिटलमा आवश्यक साधन श्रोत नहुने भएकाले इन्टर हस्पिटल ट्रान्सफर पनि गर्नुपर्ने हुनसक्छ । यो पनि प्री—हस्पिटल केयर अन्तर्गत नै पर्दछ ।


कुनै ठाउँमा घटना घटेको थाहा पाउने बित्तिकै इमर्जेन्सी मेडिकल सर्भिसका डाक्टर एवं पारामेडिक्सहरु, नर्स तुरुन्तै पुगेर बिरामीलाई एम्बुलेन्स एवं हेलिकप्टरमा हालेर विशेषज्ञ हस्पिटलमा तत्काल पु¥याएर बिरामीको ज्यान जोगाएका हुन्छन् । यसरी दुर्घटनाको बढी सम्भावना भएका ठाउँहरुमा प्री—हस्पिटल केयर सेन्टर हुन जरुरी हुन्छ । अमेरिका, बेलायतजस्ता विकसित मुलुकहरुमा फोन गरेको १० देखि १५ मिनेटभित्र हेलिकप्टर वा एम्बुलेन्स घटनास्थलमा पुगेर बिरामीको उद्धार गरिसक्नुपर्ने प्रावधान छ ।


नेपालको सन्दर्भमा प्री—हस्पिटल केयरमा हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस् र ग्राउन्ड इमर्जेन्सी मेडिकल सर्भिस् प्रचलनमा छ । नेपालमा इमर्जेन्सी मेडिकल सर्भिसलाई ग्राउन्ड इमर्जेन्सी मेडिकल सर्भिस अन्तर्गत लिइन्छ । तर विदेशतिर हेलिकप्टर, एम्बुलेन्स वा पानीजहाज एम्बुलेन्स मेडिकल सर्भिसलगायत धेरै सेवाहरुको उपलब्धता हुन्छ ।

सन् १९५०—१९६० को दशकमा नेपालमा हेलिकप्टर भित्रिएको हो । शुरुमा वेल हेलिकप्टर सिंगापुरबाट लिजमा ल्याएर शुर गरिएको नेपालको हेलिकप्टर सेवाको शुरुवाती अवस्थामा रसियन एमआई फोर हेलिकप्टरले अति दुर्गममा सेवा प्रदान गरेको थियो । हाल मुलुकमा करिब ३ दर्जन जति हेलिकप्टर रहेका छन् ।

हेलिकप्टरको भाडा शुल्क महँगो हुने भएकाले सबैको पहुँचमा छैन । त्यसैले धेरैको ज्यान गइरहेको छ । ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी सरकारले इन्स्योरेन्स पोलिसी वा वास्केट फन्डलगायतबाट सहुलियत दिनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ । अस्पतालमा हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस दिने डाक्टर, पारामेडिक्स, नर्सको सुविधा भएको उहाँले स्पष्ट पार्नुभयो ।

हुन त धेरै ठाउँमा डेडिकेटेड हेलिकप्टर एम्बुलेन्स छैन । तर पछिल्ला दिनहरुमा डेडिकेटेड हेलिकप्टर देशमा चाँडै आउने संकेत देखिएपनि कहिलेकाँही आपत्कालीन अवस्थाका बिरामीलाई तत्काल उद्धार गरेर ज्यान बचाउन सकिदैन । नेपालको भौगोलिक विकटता र मौसम परिवर्तनले बिरामी उद्धारमा समस्या पार्ने गरेको छ । बिरामी उद्धारका लागि नाइट भिजन हेलिकप्टरको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्