Logo
|
Tuesday 16th April 2024
Logo

epaper

साउन २५ गतेदेखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले यही साउन २५ गतेदेखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जापानबाट आउने एस्ट्राजेनेका खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरूलाई लगाइने भएको छ ।

दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले देशभरि गरेर १६ हजार खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने कार्य भइरहेको, तेस्रो लहरको व्यवस्थापनका लागि विज्ञहरूसँग छलफल भइरहेको र यस सम्बन्धमा सरकार गम्भीर रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले सरकारले छिटोभन्दा छिटो सबै नागरिकमा खोप पुर्‍याउनुपर्ने, एक मात्रा खोप लगाएर बसेका ज्येष्ठ नागरिकका लागि छिटो दोस्रो मात्रा खोप उपलब्ध गराउनुपर्ने, खोप लगाउने कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्