Logo
|
Tuesday 19th March 2024
Logo

epaper

नेपालमा थप ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०१२ जना संक्रमणमुक्त भएका छन । हालसम्म नेपालमा ६ लाख ६३ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्