Logo
|
Thursday 25th April 2024
Logo

epaper

साउन २५ बाट ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने



जनस्वास्थ्य सरोकार, काठमाडौंँ । कोरोना विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गते (आज ) बसेको सचिव स्तरीय बैठकले पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।

भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट भोली र पर्सि गरि ८ लाख डोज एष्ट्रेजेनेकाको खोप आउँने भएपछि पहिलो डोज लगाउका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउन लागिएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँले खोप लगाउँन जादा सबैले अनिवार्यरुपमा पहिलो मात्राको खोप कार्ड लिएर आउन अग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्