Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा थप ३६५१ जना नयाँ संक्रमित थपिए, २२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ। देशभर ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ जनामा परीक्षण गर्दा ३ हजार ६५१ जनामा संक्रमणको पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार २८८ भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार सघन उपचार कक्षामा ७४१ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा १८६ जनाको उपचार चलिरहेको छ ।

संक्रमित मध्य ३२ हजार ९०७ जना होम आइसोलेसनमा र ३ हजार ३८१ जना संस्थागत आइसोलसनमा छन् । ४४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्