Logo
|
Friday 26th April 2024
Logo

epaper

एकैदिन ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ।

विभिन्न प्रयोगशालामा ५९ सय ६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १७ सय १० जनामा र १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३१ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ। मंगलबार २१ सय १५ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म ३७ हजार ३३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। ३८१ जना क्वारेन्टाइनमा र ३३ हजार ९८५ जना होम आइसोलेसनमा र ३३ सय ४७जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

७७१ जनाको आइसीयू र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्