Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नेपालमा थप ३,४८१ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्