Logo
|
Thursday 28th March 2024
Logo

epaper

मुलुकमा ७५ लाख जनसंख्याले खोप लगाइसकेको स्वास्थ्य राज्यमन्त्रीको दावी



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकमा हरेक दिन करिब २ लाखको हाराहारीमा नागरिकले खोप लगाउने गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

श्रेष्ठले हालसम्म ७५ लाख नेपालीले खोप लगाइसकेको जानकारी गराउनुभएको छ । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म एक करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चिता भएको अवगत गराउनुभएको छ ।

उहाँले संक्रमण धेरै भएका जिल्लाहरुलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्