Logo
|
Friday 26th April 2024
Logo

epaper

विश्वविद्यालयस्तरीय परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप आजदेखि, कहाँ कहाँ लगाउन पाइन्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वविद्यालयस्तरीय परीक्षमा सामेल हुने विद्यार्थीहरुलाई आजदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन ३० गतेसम्म प्रवेश पत्रका आधारमा उनीहरुलाई खोप दिन शुरु गरिएको हो ।

काठमाडौंमा प्रहरी अस्पताल पानीपोखरी, विरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधाश्वामी केन्द्र बसुन्धरामा खोप केन्द्रको व्यवस्था मिलाइएको छ ।


यसैबीच स्वाथ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालयस्तरीय परीक्षामा सामेल हुने बिद्यार्थीहरुलाई खोप उपलब्ध गराउन ७ प्रदेशका जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयस्तरीय परीक्षामा ६० लाख विद्यार्थीहरु सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्