Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घरोगीहरुलाई घरमा गएर कोरोना खोप दिन सर्वोच्चको आदेश



जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घरोगीहरुलाई घरम गएर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार सो आदेश जारी गरेको हो । ज्येष्ठ नागरिकलाई कोभिड खोप सहजताको माग गर्दै अधिवक्ता प्रवेश केसीले मुद्धा दायर गर्नुभएको थियो ।


खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घरमा गएर खोप सेवा दिन आदेशमा भनिएको छ । मुद्धामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्