Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपाल औषधि उत्पादक संघमा फार्मेसी विज्ञ प्रज्वलजंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका औषधि उत्पादक उद्यमीहरुको छाता संगठन नेपाल औषधी उत्पादक संघमा फार्मेसी विज्ञ वरिष्ठ फर्मासिष्ट प्रज्वल जंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

पाण्डे नेपाल फार्मेसी काउन्सिलको अध्यक्षसमेत हुनुहुन्छ । काठमाडौंमा सम्पन्न संघको २७ औं वार्षिक साधारण सभाले पाण्डेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष वराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रुङ्रगता र सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खेँगुली, दिपक तिर्वेवाल, सुदिप प्रधान र गणेश पाठक रहनुभएको छ ।

यसअघि जि नारायणबहादुर क्षेत्री अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्