Logo
|
Friday 19th April 2024
Logo

epaper

झापामा करिब दुई लाख नागरिकले लगाए कोरोना विरुद्धको खोप



जनस्वास्थ्य सरोकार, झापा । झापाका करिब दुई लाख नागरिकले कोरोना विरुद्ध खोप लगाइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

जिल्लाका १५ वटै स्थानीय तहमा दुई चरणमा गरी हालसम्म कुल एक लाख ९५ हजार ४८ डोज कोभिड विरुद्धको कोभिशिल्ड, भेरोसेल र जोनसन खोप लगाएका हुन् । 

ती मध्ये पहिलो डोज १ लाख ७४ हजार ४ सय ५९ जनाले लगाइसकेका छन् भने २० हजार ५ सय ८९ जनाले दोस्रो डोज समेत पाइसकेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा ६१ हजार ८ सय २ जनाले कोभिशिल्ड खोप लगाएका छन् भने भेरोसेल पहिलो चरणमा ७५ हजार ७ सय १४ र दोस्रो डोज १२ हजार २ सय ९० जनाले लगाएका छन् । 

झापामा भेरोसेल लगाउनेको सङ्ख्या ८८ हजार ४ जनाले पुगेको छ ।ती मध्ये झापाको दमकले सबैभन्दा धेरै नागरिकले खोप लगाएका छन् । 

दमकका २७ हजार ५ सय ९२, मेचीनगरका २५ हजार २५, बिर्तामोडका २२ हजार ४ सय ९४ र भद्रपुरका २० हजार २ सय ६० जना नागरिकले खोप  लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्