Logo
|
Wednesday 24th April 2024
Logo

epaper

२ हजार २१२ जनामा कोरोना सङ्क्रमण, १८६७ जना डिस्चार्ज, ३३ को मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप २ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार १०६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ३२ हजार २७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८६७ जना संक्रमणमुक्त भएका छन । यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २९२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्