Logo
|
Wednesday 24th April 2024
Logo

epaper

३२७४ जनामा कोरोना संक्रमण, १९२९ संक्रमणमुक्त, २७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा ३ हजार २७४ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यसैगरी आज काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन्।

त्यसैगरी संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्