Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिडले मृत्यु हुने साढे १० हजार नाघे, ५४ प्रतिशत ६० वर्षमाथिका

खोप भने सरकारी भण्डारणमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे १० हजार नाघेको छ । तीमध्ये ५४ प्रतिशत ६० वर्ष र त्योभन्दा माथिको उमेरका हुन्

। यस्तै कोभिडले ४० देखि ३९ वर्षको उमेर समूहका ३५ सय ६२ जनाको मृत्यु भएको छ । यो भनेको ३४ प्रतिशत हो । कोभिडले ज्यान गुमाउनेमध्ये साढे ११ प्रतिशत २० देखि ३९ वर्ष उमेरका हुन् ।


मृतकको संख्या दिनहुँ बढिरहेपनि सरकारले कोभिडविरुद्धको खोप अभियानलाई भने तिब्रता दिन सकेको छैन । अभियान सुस्त भएकैले साढे २२ लाख डोजभन्दा बढी खोप सरकारी भण्डारणमा थुप्रिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबार जम्मा १८ हजार ३ सय जनालाई खोप लगाइएको छ । विभिन्न व्यावसायिक क्षेत्रबाट खोपको माग बढिरहेका बेला अभियानलाई तिब्रता दिनुको साटो भण्डारणमा थुपारेपछि मन्त्रालयको आलोचना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्