Logo
|
Friday 17th September 2021
E-paper Magazine

१,८०१ जनामा कोरोना संक्रमण, १,९२४ निको, २४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ​स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।

जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्