Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर २,०६५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्तामा २,३३७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्