Logo
|
Friday 26th April 2024
Logo

epaper

तिलगंगा आँखा प्रतिष्ठानमा विस्तारित सेवा शुरु हुने

दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सकिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्ने भएको छ । कोभिड-१९ को महामारीबिच सेवाग्राहीको चापलाई व्यवस्थित गर्न भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्न लागेको हो ।

हाल बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको प्रतिष्ठानले भाद्र १६ गते देखि साँझ ६ः३० बजेसम्म विस्तारित सेवा प्रदान गर्ने भएको छ ।


कार्यालय समय भित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताको कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा शुरु गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।


अब देखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ः३० बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नेछन् ।


साथै प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने आदि जस्ता सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ः०० बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्