Logo
|
Thursday 28th March 2024
Logo

epaper

भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त



जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा. पौडेललाई निर्देशक नियुक्त गर्नुभएको हो ।

यसअघि अस्पतालका निर्देशकमा डा रोशन न्यौपाने हुनुहुन्थ्यो । उहाँलाई रामराज प्रसाद सिंह अस्पतालमा सरुवा गरेर मन्त्रालयले डा पौडेललाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।
डा. पौ‍डेल भरतपुर अस्पतालमा हाडजोर्नी विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्