Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर २०५२ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकामा ७१९ जना संक्रमित थपिएका छन । जसमध्ये काठमाडौँमा ४७१ भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना थपिएका हुन ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,०३० जना संक्रमणमुक्त भएका छन भने २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्