Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टर छैटौं वर्षमा प्रवेश

निःशुल्क आँखा जाँच, आँखा सौन्दर्य सर्जरीमा २५ प्रतिशत छुट



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको पुल्चोकमा अवस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले ५० रुपियाँ शुल्कमा सामुदायिक आँखा क्लिनिक शुरु गरेको छ । सेन्टरको छैटौं बार्षिकोत्सव तथा पुल्चोक ओरालोस्थित नयाँ भवनमा सरेको उद्घाटन समारोहमा सेन्टरका निर्देशक रोशन कक्षपतिले सो जानकारी गराउनुभएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सेन्टरले आगामी एक महिनासम्म निःशुल्क आँखा परीक्षण, आँखा सौन्दर्य सर्जरी सेवामा २५ प्रतिशत र चश्मा मर्मतमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ । सेन्टरले ६ वर्ष अवधिमा करिब १० हजार व्यक्तिको आँखा उपचार सेवा प्रदान गर्न सफल भएको सेन्टरकी अध्यक्ष एवं आँखा एवं अकुलोप्लाष्टि सर्जन डा. पूजा राजभण्डारीले जानकारी गराउनुभयो ।

आँखाको प्लाष्टिक सर्जरीमा आँखाबाट निरन्तर आँशु वा पिप बगिरहने बिरामीको उपचार, आँखा वरिपरी बोसो, मुसा, मासुको डल्ले र ट्युमर हटाउने, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तलतिर सरेको उपचार, रोगका कारण आँखा साना वा ठूला भएको उपचार पर्दछन् ।


यसैगरी कस्मेटिक आई सर्जरीअन्तर्गत आँखाको मुन्द्री बनाउने, मंगोलियन आइृलिड सर्जरी, आँखाको बोसो हटाउने, आई ब्रो चिक लिफ्टिङ, अनुहारको चाउरीपन हटाउने आदि पर्दछन् । साथै सेन्टरले दृष्टि दोष, उच्चरक्ताप, मधुमेह, थायराइड, बाथरोग र शरीरका अन्य भागका लागेका रोगहका कारण आँखामा पर्ने असरको जाँच समेत गरिरहेको डा. राजभण्डारीको भनाइ रहेको छ । सो अवसरमा मेयर महर्जनले सेन्टरको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

सेन्टरले २०७२ सालदेखि सम्पूर्ण आँखा रोगको जाँच तथा उपचार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्