Logo
|
Friday 26th April 2024
Logo

epaper

अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतका लोकप्रिय टेलिभिजन र चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको ४० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो ।

भारतीर समाचार संस्था पिटिआईले कूपर अस्पतालका अधिकारीलाई उद्धृत गर्दै  सिद्धार्थको निधन अस्पताल पुग्नु अगाडि भएको उल्लेख गरेकाे छ ।

सिद्धार्थ बिग बोस सिजन १३ को विजेता समेत हुनुहुन्थ्यो । यस बाहेक ‘खतरोंकी खिलडी’, नृत्य रियालिटी शो – ‘झलक दिखला जा ६’ का चर्चित प्रतियोगी समेत हुनुहुन्थ्यो । शुक्ला एकता कपूरको चर्चित शो ‘ब्रोकन बट बिउटीफूल ३’ मा ‘अगस्थ्य’ को भूमिकामा देखिनुभएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्