Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिए, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिएका छन् । १० हजार ६ सय ५८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय १९ जना तथा ३ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना गरी जम्मा २ हजार ४ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ८६ जना पुगेको छ ।

सोही अवधिमा १ हजार ८ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३३ हजार ९ सय ४६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

जसमा ५ सय ४४ जनाले आइसियु र १ सय ६६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

No photo description available.

प्रतिक्रिया दिनुहोस्