Logo
|
Saturday 27th April 2024
Logo

epaper

चिकित्साका पिताः हिप्पोक्रेट्स



जनस्वास्थ्य सरोकार । हिप्पोक्रेट्स एक ग्रीक चिकित्सक थिए । रोगहरु इश्वरको कारणले नभई प्राकृतिक रुपमा भएको विश्वास गर्ने पहिलो व्यक्तिका रुपमा हिप्पोक्रेट्सलाई श्रेय जान्छ । उनको जन्म इसापूर्व ४६० को आसपासमा ग्रीस टापु कोसमा भएको थियो ।


इशापूर्व ३७५ ताका अधिकांश मानिसले बिरामीलाई अन्धविश्वास र देवताहरुको क्रोधलाई जिम्मेवार ठान्थे । हिप्पोक्रेट्सले सबै प्रकारका बिरामीहरुको प्राकृतिक कारण हुने सिकाए । उनले चिकित्सासम्बन्धि अनुशासनलाई धर्मबाट अलग गरे ।


रोग देवताहरुले दिएको सजाय होइन, यो त वातावरणीय कारक, आहार र जीवनशैलीको उपज भएको तर्क दिए र त्यसैमा विश्वास राखे । उनले मेडिसिनको अभ्यास गर्न समर्पित प्रथम विश्वविद्यालय स्थापना गरे । उनी ‘चिकित्साको पिता’ का रुपमा परिचित छन् ।


उनको नामसँग सम्बन्धित करिब ६० मेडिकल डकुमेन्टस्, प्रसिद्ध हिप्पोक्रेटिक शपथ आजसम्म पनि जीवित छन् । ग्रीसको लरिसामा हिप्पोक्रेट्सको मृत्यु भएको थियो ।

हिप्पोक्रेटिकका प्रशिद्ध र सर्वश्रेष्ठ भनाइ

  • जहाँ चिकित्सक कलालाई प्रेम गरिन्छ त्यहाँ मानवताको लागि प्रेम हुन्छ ।
  • चिकित्सकले उपचार गर्छ तर प्रकृतिले ठीक पार्छ ।
  • यदि खानापान र व्यायाममा कुनै कमी भएमा शरीर बिरामी हुन्छ ।
  • मद्धत गर्ने वा नोक्सान हुन नदिने आदत बनाउनुस् ।
  • कस्तो भन्दा पनि कस्तो प्रकारको रोग हो भनेर जान्न जरुरी छ ।
  • ‘दैनिक नुहाउने र सुगन्धित मसाज’ स्वस्थ्य रहने उत्तम तरिका हो ।
  • सबै रोग पेटबाट शुरु हुन्छ ।
  • मानव आहारको प्रत्येक तत्वले शरीरलाई असर गर्छ र यसलाई केही तरिकाले परिवर्तन गर्दछ । सम्पूर्ण जीवन यी नै परिवर्तनहरुमा निर्भर गर्दछ ।
  • जसरी खानाका कारण क्रोनिक डिजिज हुन्छ । त्यसरी नै यो सबैभन्दा राम्रो उपचार पनि हुनसक्छ ।
  • प्रकृति आफैं सर्वश्रेष्ठ चिकित्सक हो ।
  • तपाईंको खाना तपाईंको उपचार हुनुपर्छ र तपाईंको उपचार तपाईंको खाना हुनुपर्छ ।
  • बेलाबेलामा आफ्नो हेरचाह गर्नुस् । प्रायः उपचार गर्नुस् । शरीरलाई सँधै आराम दिनुस् ।
  • यदि तपाई खानाबाट रोग ठीक पार्न सक्नुहुन्छ भने केमिष्टको भाँडामा औषधिहरु छोडिदिनुस् ।
  • हिँड्नु मानवका लागि उत्तम औषधि हो ।
  • शरीरका प्रत्येक अंगको आफ्नै कार्य छ, यदि संयमित ढंगले प्रयोग गरियो र श्रममा राखियो भने स्वस्थ्य रहन्छ । यो राम्रोसँग विकास हुन्छ र बिस्तारै बढ्छ । तर यदि प्रयोग नगरिएमा रोगको भागेदार हुन्छ । अविकसित भएर बस्छ र उमेर मात्र छिटो बढिरहेको हुन्छ ।
  • एक वुद्धिमान व्यक्तिले स्वास्थ्यको सबैभन्दा ठूलो मानव आशिषको रुपमा विचार गर्नुपर्छ । खानालाई तपाईंको औषधि हुन दिनुस् ।
  • स्वस्थ्य हुनु समयको कुरा हो तर कहिलेकाँही यो अवसरको कुरा पनि हुन्छ ।
  • सिकिस्त बिरामीका लागि चरम उपचार उपयुक्त हुन्छ ।
  • हामीभित्र रहेका प्राकृतिक शक्तिहरु रोगहरुको वास्तविक उपचारक हुन् ।
  • वास्तवमा प्रार्थना राम्रो हो तर एक व्यक्तिले परमेश्वरलाई पुकार्दा आफ्नो हात बढाउनुपर्छ ।
  • आवश्यक भन्दा बढी सबै चिज प्रकृति विरुद्ध छ ।
  • कला लामो छ जीवन सानो छ ।
  • हरेक व्यक्ति भित्र एक डाक्टर हुन्छ । त्यसैले हामीले उसको काममा मद्धत गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्