Logo
|
Tuesday 16th April 2024
Logo

epaper

डब्लुएचओको क्षेत्रीय कार्यकारी समितिको बैठक काठमाडौँमा हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको छ ।  


बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ ।


बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्व तयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई थप गति दिने, भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलन लगायत विषयमा छलफल हुनेछ ।


यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।


दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्से लगायत देश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्