Logo
|
Friday 26th April 2024
Logo

epaper

फाउन्डर अफ नेफ्रोलोजी: जोन पट्नम मेरिल

फाउन्डर अफ नेफ्रोलोजी: जोन पट्नम मेरिल



जनस्वास्थ्य सरोकार । जोन पुट्नम मेरिल (मार्च १०, १९१७—अप्रिल १४, १९८४) एक अमेरिकन फिजिसियनएवं चिकित्सा शोधकर्ता थिए । उनले यस्तो टिमको नेतृत्व लिए जसले विश्वमा पहिलो सफल मिर्गौला प्रत्यारोपण गर्न सफलभयो ।

उनलाई सामान्य त फादर अफ नेफ्रोलोजी एवं फाउन्डर अफ नेफ्रोलोजीको श्रेय दिइन्छ जुन मिर्गौला र यसका रोगहरुको वैज्ञानिक अध्ययन हो ।

प्रारम्भिक जीवन
मेरिलको जन्म १९१७ मा अमेरिकाको हार्टफोर्ट, कनेक्टिकटमा भएको थियो । सन् १९३८ मा डार्टमाउथ कलेजबाट स्नातक गरेपछि उनी हार्वर्ड मेडिकल स्कूलमा भर्ना भए । उनले सन् १९४२ मा ग्राजुएटेड गरे र पिटर बेन्ट ब्रिघम अस्पतालमा इन्टर्न शुरु गरे । दोस्रो विश्वयुद्धको बेला उनले सेनामा चार वर्ष सेवा गरे । दुई वर्ष प्रशान्त महासागरको कजालेन टापुमा अपरेशनक्रस रोडहरुका साथ बिताए ।

करियर
मेरिलको पूरा करियर बोस्टनमा बेन्ट ब्रिघम अस्पतालमा बित्यो जुन अहिले ब्रिघम एण्ड ओमन्स हस्पिटलको नामले परिचित छ । उनले मेडिकल अनुसन्धानकर्ताको रुपमा सन् १९४७ मा काम शुरु गरे ।

मेडिसिनमा रेसिडेन्टको रुपमा उनलाई एउटा टोलीको नेतृत्व दिइयो जुन एउटा कृत्रिम मिर्गौला (ब्रिघम—कोल्फ डायलाइजर) तीब्र (एक्युट) र दीर्घकालीन (क्रोनिक) मिर्गौला फेलरहरुको उपचारको लागि प्रयोग गर्न विकसित भयो ।

सन् १९५० मा मेरिलले हार्वर्ड मेडिकल स्कूलमा पढाउन शुरु गरे । सन् १९५४ मा मेरिलले बहु—अनुशासनात्मक टीमको नेतृत्व गरे जसले समान जुम्ल्याहा भाइहरुबीचको मिर्गौलाको पहिलो सफल ट्रान्सप्लान्ट गर्यो । सन् १९७० मा मेरिल हार्वर्ड मेडिकल स्कूलमा पूर्ण प्राध्यापक बनिसकेका थिए । उनको विरासत उनका विद्यार्थी र चिकित्सकहरुमा पाउन सकिन्छ जसले उनीहरुलाई सल्लाह दिएका थिए । मेरिलको अप्रिल १४, १९८४ माहोप टाउन बहमासमा ६७ वर्षको उमेरमानिधनभएको थियो ।

प्रतिक्रिया दिनुहोस्