Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर १०८९ जनामा संक्रमण, २० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । सोही अवधिमा १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन ।

अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस्