Logo
|
Thursday 18th April 2024
Logo

epaper

१८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४०९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । सोही अवधिमा १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन ।

अहिले देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्