Logo
|
Tuesday 16th April 2024
Logo

epaper

असोज १ देखि काठमाडौँका विद्यालय खुल्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने÷नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको राससलाई जानकारी दिनुभयो । काठमाडौँको स्थानीय तहका शिक्षा हेर्ने अधिकृत प्रतिनिधि र काठमाडौँका प्रजिअसहितको आजको बैठकले उक्त निर्णय गरेको हो ।

“कतिपय वडाहरूमा कोभिड शून्य रहेको पाइएको छ, ती वडाले सुरक्षित भएर असोज १ गतेपछि विद्यालय खोल्न सक्छन्, अन्य वडामा पनि कोभिडको अवस्था हेरेर खुलाउन सकिने भन्ने भएको छ, सबै अधिकार स्थानीय तहलाई नै दिइएको छ,” प्रजिअ पराजुलीले भन्नुभयो । अन्य जिल्लाले भने छलफलपछि मात्रै निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्