Logo
|
Thursday 28th March 2024
Logo

epaper

१६४० जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो । आज काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।

ति मध्ये काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ७९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्