Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा हालसम्म १ करोड ७ लाख डोज कोरोना खोप लगाइयो

५० लाख ८३ हजार बढीले लगाए पूर्ण मात्रा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले माघदेखि शुरु गरेको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत अहिलेसम्म १ करोड ७ लाख ३९ हजार ८ सय ६४ डोज खोप लगाइ सकेको जनाएको छ ।

कोरोना विरुद्धको एक मात्रा खोप लगाउनेमा ५६ लाख ८३ हजार ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ५६ हजार ८ सय ३ पुगेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गएको २४ घण्टामा १ लाख २३ हजार २ सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

१६ दशमलव ७२ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइ सकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्