Logo
|
Thursday 25th April 2024
Logo

epaper

११४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्