Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर ९११ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्