Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिरमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।

सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आबद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उहाँले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्