Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देशभर १,५६२ जनामा संक्रमण, १९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्