Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भारतमा ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण, ३२० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार । पछिल्लो २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा हालसम्म ३ करोड ३३ लाख ८१ हजार ७२८ जनामा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० जनाको मृत्यु भएको जनाइएको छ । कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना सङ्क्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको जनाइएको छ । हालका दिनहरुमा कोरोना सङ्क्रमण र मृत्यु भएका प्रायः व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् ।

हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन् । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना कोरोना मुक्त भएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्