Logo
|
Friday 19th April 2024
Logo

epaper

पिट्युटरी र स्पाइनल कर्डको ट्युमरले प्यारालाइसिस




नेपालमा प्रायः बिरामी बेहोस, प्यारालाइसिसलगायत समस्या भएपछि मात्र उपचार सेवा लिन आइपुग्छन् । कतिपय बालबालिकामा उमेर अनुसार शारीरिक विकास भइरहेको हुँदैन । जीनको समस्याका कारण ट्युमर, एन्युरिजम, एभीएम, हाइड्रोकेफलस जस्ता समस्या हुने गर्छ । हेड इन्जुरी र ब्रेन स्ट्रोकको पनि ठूलो समस्या छ ।


स्पाइनल कर्डको ट्युमरले प्यारालाइसिस गराउँछ । यस किसिमको समस्या भएकाहरुलाई कति प्रतिशतसम्म बचाउन सकिन्छ ? भन्ने कुरा बिरामीको उमेर, शरीरको संरचना, समस्याको जटिलतामा निर्भर हुन्छ । न्युरो, स्पाइन र पेरिफेरल नर्भस्को समस्यामा शल्यक्रियाको जरुरत पर्छ ।

१० प्रतिशतमा पिट्युटरी ट्युमर
मस्तिष्कमा हुने पिट्युटरी ग्रन्थीले फरक फरक हर्मोन उत्पादन गर्छ । कुनै हर्मोनले शरीरको बृद्धि नियन्त्रण गर्ने, कुनैले महिनावारी नियन्त्रण गर्ने, कुनैले प्रजनन् नियन्त्रण गर्ने गर्छन् । करिब १० प्रतिशतमा पिट्युटरी ट्युमर हुने गरेको पाइएको छ । पिट्युटरी ट्युमर भएका व्यक्तिहरुमा महिनावारी नहुने, प्रजनन क्षमतामा कमी, आँखा कमजोर, सानै उमेरमा अत्यधिक अग्लो हुने जस्ता समस्या देखिन सक्छ ।

लक्षण
पिट्युटरी ग्रन्थीले नौ वटा हर्मोन उत्पादन गर्छ । कुनै एउटा हर्मोनको डिफेक्ट भएमा त्यसको भिन्नै समस्या देखिन्छ । जस्तै ः ग्रोथ हर्मोनमा दोष आएमा मानिस एकदमै ठूलो वा एकदमै सानो भएर जान्छ । प्रोल्याक्टिन हर्मोनको गडबडीले महिलाहरुमा महिनावारीको समस्या देखिन सक्छ । हर्मोनको विफलताका कारण यस किसिमको समस्या देखिएको हो ।

कारण
ट्युमरले हरेक हर्मोनलाई थिचिदिन्छ र हर्मोनले काम गर्न सक्दैन । चाँडो उपचार पाएमा समस्याबाट छुटकारा दिलाउन सकिन्छ । तर ढिलो भएमा समाधान गर्न निकै कठिन पर्छ । अन्धोपना, टाउकोमा पानी जम्ने, धेरै टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या लिएर कतिपय बिरामी आएका हुन्छन् । यस्ता बिरामीलाई चाँडोभन्दा चाँडो सम्बन्धित चिकित्सकसमक्ष रिफर गर्नुपर्छ । यसबाट समस्या न्यूनिकरण हुनुका साथै समस्याबाट धेरैलाई जोगाउन सकिन्छ ।
(डा. झा बीर र नर्भिक अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्