Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

देशभर ३०८ जना नयाँ संक्रमित थपिए, ३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३०८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार १०४ पीसीआर र एक हजार ८०५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २८५ पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ४२० पुगेको छ।

सोही अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ। १०३ जना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस्