Logo
|
Thursday 28th March 2024
Logo

epaper

शुक्रबार २७० जनामा कोरोना संक्रमण, ३०२ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २८७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७५ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्