Logo
|
Thursday 25th April 2024
Logo

epaper

भारतको कर्नाटक राज्यमा भेटिए दुइ जना ओमिक्रोन संक्रमित



जनस्वास्थ्य सरोकार । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।

इन्डियन एक्प्रेसका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटक राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ।

६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ।

अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्