Logo
|
Friday 29th March 2024
Logo

epaper

भारतको नयाँ दिल्लीमा पनि भेटियो ‘ओमिक्रोन’



 जनस्वास्थ्य सरोकार । भारतको राजधानी नयाँ दिल्लीमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो ।

संक्रमितको अहिले नयाँ दिल्लीस्थित लोकनायक अस्पतालमा उपचार भइरहेको छ । योसहित भारतमा अहिलेसम्म पाँच जनामा ओमिकोन भेरियन्टको संक्रमण फेला परेको छ । यस अघि शनिबार गुजरातको जामनगर र महाराष्ट्रको मुम्बईमा ओमिक्रोन संक्रमित फेला परेका थिए । यो भन्दा अघि कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्