Logo
|
Friday 26th April 2024
Logo

epaper

३१५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ३८६ पीसीआर र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ। गत २४ घण्टामा ३०४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ। सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १२३ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख २७ हजार ७५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्