करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल ल्याइँदै

जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्धको मोडर्नाका १४ लाख ९७ हजार डोज खोप भोलि (बिहीबार) नेपाल आइपुग्ने भएको छ । कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागिएको खोप आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो ।
जर्मनको सहयोगमा कोभ्याक्समाफर्त यही सात थप १९ लाख ६५ मोडर्नाको खोप आउने तालिका रहेको जानकारी दिनुभयो ।