अमेरिकामा कोभिड-१९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि
जनस्वास्थ्य सरोकार, वासिङ्टन । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड-१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याङ्क अनुसार अब प्रति दिन लगभग १०३,००० नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ। यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ। सिन्ह्वा