Logo
|
Friday 26th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ४१६ पीसीआर र २ हजार ८२० जनाको एन्टीजेन परीक्षणका क्रममा ३४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८२४  सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३७६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ। हाल ९७ जना क्वारेन्टाइनमा छन्। १२६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लाे २४ घण्टामा देशभर १ लाख  ८७ हजार ६६४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्